आइतबार नेप्से परिसूचक ७८.८३ अंक अर्थात् ३.०५ प्रतिशतले घटेर २५०३.३५ को विन्दुमा पुगेर रोकिएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ठूलो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार परिसूचक ७८.८३ अंक अर्थात् ३.०५ प्रतिशतले घटेको हो। यो गिरावटसँगै परिसूचक २५०३.३५ अंकको विन्दुमा पुगेर रोकिएको छ।
परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। आइतबार ३२४ कम्पनीको एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६७ हजार २०२ पटक खरिदबिक्री भएको छ। सो क्रममा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि बिहीबार पाँच अर्ब २७ करोड ३२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो।
आइतबार नेप्सेमा कारोबार भएका सबै समूहका सूचक घटेका छन्। यस दिन सबैभन्दा धेरै होटल तथा पर्यटन समूह (४.८४ प्रतिशत) र अन्य समूहको उपसूचक (४.७९ प्रतिशत) घटेको छ।
त्यस्तै, वित्त (३.६७), जलविद्युत् (३.७९), लगानी (३.१३), बैंकिङ (२.३०), विकास (२.९३), जीवन बीमा (२.५५), लघुवित्त (२.८८), निर्जीवन बीमा (२.३२), व्यापार (२.८५), उत्पादन तथा प्रशोधन (१.९४) र म्युचुअल फन्ड (०.९९) प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
यस दिनको कारोबारमा २४२ कम्पनीको शेयर मूल्य घट्दा जम्मा नौ कम्पनीको मात्रै मूल्य बढेको छ। सर्वाधिक कमाउने कम्पनीको सूचीमा नेपाल माइक्रोफाइनान्स (६.०१) र पञ्चकन्या माई हाइड्रोपावर (४.९०) लगायत रहेका छन्।
यता, लगानीकर्ताले सबैभन्दा धेरै गुमाएको कम्पनीहरूमा बुटवल पावर कम्पनी रहेको छ। यो कम्पनीको शेयर मूल्य ९.२७ प्रतिशतले घटेको छ। यसैगरी, नेपाल रिइन्स्योरेन्स, राधी विद्युत् कम्पनी, सीईएमबीई होल्डिङ्स र विन्ध्यवासिनी जलविद्युत्का लगानीकर्ताले क्रमशः ९.१५, ८.५०, ८.४५ र ८.२७ प्रतिशतले गुमाएका छन्।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी पहिलो स्थानमा रहेको छ। यो कम्पनीको ३८ करोड सात लाख ४७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शेयर संख्याका आधारमा युनियन हाइड्रोपावरको सात लाख २६ हजार ६७३ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
