इजरायलले बन्धकहरू मुक्त गरिएपछि अमेरिकी सहयोगमा गाजामा हमासका भूमिगत सुरुङ सञ्जाल पूर्ण रूपमा नष्ट गर्ने योजना अघि सारेको छ।
इजरायलले बन्धकहरू मुक्त गरिएपछि अमेरिकी सहयोगमा गाजामा हमासका भूमिगत सुरुङ सञ्जाल पूर्ण रूपमा नष्ट गर्ने योजना अघि सारेको छ।
रक्षामन्त्री इजरायल काट्जले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “बन्धक मुक्तिको चरणपछि इजरायलको सबैभन्दा ठूलो चुनौती गाजामा रहेका हमास आतंकवादी सुरुङहरूको सम्पूर्ण विनाश हुनेछ। मैले सेनालाई यो अभियानका लागि तयार रहन आदेश दिएको छु।”
काट्जका अनुसार यो अभियान संयुक्त राज्य अमेरिकाको नेतृत्वमा स्थापित ‘अन्तर्राष्ट्रिय संयन्त्र’अन्तर्गत सञ्चालन गरिनेछ। उक्त संयन्त्रले हालै सम्पन्न तीन दिने गाजा युद्धविरामको पनि मध्यस्थता गरेको थियो।
हमासले गाजाको भूमिगत क्षेत्रमा व्यापक सुरुङ सञ्जाल सञ्चालन गर्दै आएको छ। यी सुरुङहरूले हमासका लडाकुलाई इजरायली निगरानी र हवाई आक्रमणबाट बच्न सहयोग गर्छन्। तीमध्ये केही सुरुङले इजरायलको सीमापर्खालमुनि प्रवेश गर्दै छद्म आक्रमणहरू गर्न सहयोग पुर्याएका थिए।
सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा गरिएको सीमापार आक्रमणपछि शुरू भएको दुई वर्ष लामो युद्धमा यी सुरुङहरूमध्ये धेरै नष्ट भइसकेका छन्। तथापि, रक्षामन्त्री काट्जले बाँकी रहेका सबै सुरुङहरू ‘हमासको निःशस्त्रीकरण र विसैन्यीकरणको ढाँचा’अन्तर्गत पूर्ण रूपमा ध्वस्त पारिने बताए। यो योजना अमेरिका समर्थित युद्धविरामको दोस्रो चरणमा समावेश गरिएको छ।
हमासले भने अमेरिकी प्रस्तावको पहिलो चरणमा सहमति जनाइसकेको छ। उक्त सहमतिअनुसार गत शुक्रबार युद्धविराम लागू भएको हो। यस योजनाअनुसार सोमबारसम्म ४८ जना इजरायली बन्धकहरू — जीवित र मृत दुवै — मुक्त गरिने अपेक्षा गरिएको छ।
यसको सट्टामा इजरायलले २५० जना ‘सुरक्षा बन्दी’लाई रिहा गर्ने योजना बनाएको छ, जसमा गम्भीर आक्रमणमा दोषी ठहरिएकाहरू र हाल इजरायली सेनाको नियन्त्रणमा रहेका करिब एक हजार ७०० गाजाबासी समावेश हुनेछन्।
तर, हमासले निःशस्त्रीकरणको मागलाई अस्वीकार गरेको छ। संगठनका वरिष्ठ अधिकारी होसम बद्रानले आइतबार एएफपीसँग कुरा गर्दै अमेरिकी योजनाको दोस्रो चरण ‘धेरै जटिल र कठिन’ रहेको प्रतिक्रिया दिए।
इजरायलले गाजाको भूमिगत आतंकवादी संरचनालाई ‘पूर्ण रूपमा ध्वस्त पार्नु’ आफ्नो दीर्घकालीन सुरक्षा लक्ष्य भएको पुनः पुष्टि गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
