ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमीमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले यूएईलाई १ रनले पराजित गरेको छ।
काठमाडौँ– आईसीसी टी२० विश्वकप एशिया तथा पूर्वी एशिया क्षेत्र छनोटको सुपर सिक्सअन्तर्गतको पहिलो खेलमा नेपालले विजय हासिल गरेको छ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमीमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई रोमाञ्चक १ रनले हरायो।
यो जित ओमानको भूमिमा यूएईविरुद्ध नेपालको पहिलो जित हो। यसअघिका तीन खेलमा नेपाल पराजित भएको थियो। यो जितसँगै दुई राष्ट्रबीचको हेड टु हेड प्रतिस्पर्धामा नेपाल ६-५ ले अगाडि पुगेको छ।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा १३९ रन मात्र बनाउन सक्यो।
यूएईका लागि अलिशान शराफुले अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई जित नजिक पुर्याएका थिए। उनले ४० बलमा ३ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाए। अन्य ब्याट्सम्यानतर्फ ध्रुव पराशरले ३२, जोनाथन फिग्गीले १९ र जाहिद अलीले ११ रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालको बलिङमा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेको नाममा भने १-१ विकेट रह्यो।
यसअघि, टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल तयार पार्यो।
नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ४७ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५१ रन जोडे। त्यस्तै, कुशल भुर्तेलले २८, कप्तान रोहितकुमार पौडेलले २० र गुल्सन झाले १४ रन बनाए।
बलिङमा यूएईका लागि जुनैद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले एक–एक विकेट लिए।
यस जितसँगै नेपालले सुपर सिक्समा चार अंक जोडेको छ। अब नेपालले सोमबार कतारसँग प्रतिस्पर्धा गर्ने छ।
नेपाल समूह 'बी'को विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको थियो। समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो। यूएई पनि समूह 'ए' को विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको थियो। समूह चरणमा यूएईले कतार र मलेसियालाई हराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
