धनुषा जिल्लाका १८ पालिकामध्ये ६ पालिकाका कर्मचारी तथा शिक्षक चाडपर्वको समयमा समेत तलब भत्ता पाउनबाट वञ्चित भएका छन्।
जनकपुरधाम– धनुषा जिल्लाका १८ पालिकामध्ये ६ पालिकाका कर्मचारी तथा शिक्षकले तलबलगायत सुविधा पाएका छैनन्। यी पालिकामा नगरसभा नभएकाले कर्मचारी चाडपर्वको समयमा पनि तलब भत्ता पाउनबाट वञ्चित भएका हुन्।
जिल्लाको मिथिला, क्षीरेश्वरनाथ, कमला र हंसपुर नगरपालिका तथा औरही गाउँपालिकाको सभा बस्न सकेको छैन। पालिकामा जनप्रतिनिधिहरूका बीचमा योजनाको विषयमा विवाद रहेका कारणले सभा हुन नसकेको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जानकारी दिए।
अन्य पालिकामा समेत विवाद रहे पनि समन्वय समितिको पहलपछि सभा भएका थिए। तर, ६ पालिकामा भने विभिन्न चरणमा छलफल भए पनि नियमित वार्षिक अधिवेशन हुन नसकेको उनले बताए।
समन्वय समिति प्रमुख मण्डलका अनुसार यी पालिकामा कुनै एक दलको बहुमत छैन। त्यसैले हरेक वर्ष योजना बाँडफाँड तथा सञ्चालनका लागि आर्थिक स्रोतको बाँडफाँडमा विवाद हुने गरेको छ।
“स्थानीय शासन ऐनअनुसार पालिकाको परिषद्ले बजेट पास नगरेसम्म तलब भत्तासहितको कुनै पनि शीर्षकमा रकम खर्च गर्न नपाउने कानूनी प्रावधान रहेको छ,” उनी भन्छन्, “त्यसैले कर्मचारीले सेवा सुविधा पाउन सकेका छैनन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
