सर्वोच्च अदालतले असोज २८ गते (मंगलबार)देखि रिट दर्ता र सुनुवाइ शुरू गर्ने भएको छ।
काठमाडौँ– सर्वोच्च अदालतले असोज २८ गते (मंगलबार)देखि रिट दर्ता र सुनुवाइ शुरू गर्ने भएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा आइतबार बसेको पूर्ण इजलास (फूल कोर्ट)ले असोज २८ गतेदेखि दर्ता एवं सुनुवाइ शुरू गर्ने निर्णय गरेको हो।
सर्वोच्च अदालतले जारी गरेको सूचनामा भनिएको छ, “यस अदालतमा रिट निवेदन, मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ बमोजिमका निवेदनहरू असोज २८ गतेदेखि दर्ता एवं सुनुवाइ हुनेछ।”
सर्वोच्च अदालतले सूचनामार्फत नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने पनि जनाएको छ।
यसअघि गत भदौ २४ गते भएको 'जेनजी' प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटबाट क्षति पुगेपछि बन्दी प्रत्यक्षीकरणसहित अत्यावश्यकबाहेक सबै काम स्थगित गरिएको थियो। त्यसयता सर्वोच्चले अस्थायी रूपमा त्रिपालमुनि इजलास सञ्चालन गरी सेवा दिइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
