कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भागेर नफर्किएका कैदीबन्दीको नामावली र विवरण सार्वजनिक गरेको छ।
काठमाडौँ– कारागार व्यवस्थापन विभागले गत भदौमा भएको आन्दोलनका क्रममा भागेका पाँच हजार ५४७ जना कैदीबन्दीको नामावली र विवरण सार्वजनिक गरेको छ। उनीहरूको खोजी तथा पक्राउ अभियानलाई प्रभावकारी बनाउन गृह मन्त्रालयले नयाँ योजना पनि अघि सारेको छ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट ठूलो संख्यामा कैदीबन्दीहरू भागेका थिए। विभागका अनुसार, विभिन्न प्रयासहरूमार्फत हालसम्म ९ हजार आठ जना कैदीबन्दी कारागारमा फर्किएको विभागले जनाएको छ। तर, अझै पाँच हजार ५४७ कैदीबन्दी भने कारागार बाहिरै छन्।
फरार बन्दीलाई नियन्त्रणमा लिन गृह मन्त्रालयले असोज १० गते सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरी काम अगाडि बढाइसकेको थियो।
अब मन्त्रालयले हाल फरार रहेका कैदीबन्दीहरूको नामावलीसहितको विवरण गृह मन्त्रालयमार्फत निर्वाचन आयोग, सुरक्षा निकायहरू, अध्यागमन विभाग, राहदानी विभाग लगायत धेरै मानिसको आवागमन हुने सार्वजनिक निकायहरू तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा पठाउने भएको छ। यसका साथै, असोज २६ गतेसम्म फरार रहेका कैदीबन्दीहरूको विवरण कारागार व्यवस्थापन विभाग र सबै जिल्ला प्रशासन कार्यालयहरूको वेबसाइटमार्फत पनि सार्वजनिक गरिनेछ।
पक्राउ अभियानलाई सहयोग पुर्याउन जिल्ला प्रशासन कार्यालय र कार्यदलले जिल्लाभित्रका सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा पनि विवरण पठाउने छन्। फरार कैदीबन्दीहरू सेवा लिन आएको खण्डमा तत्काल सुरक्षा निकायलाई खबर गरी पक्राउ गर्ने व्यवस्था मिलाइएको पनि विभागले जनाएको छ।
यसबाहेक, असोज १० गते गठित कार्यदलले खोजी तथा पक्राउ अभियानलाई नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउनेछ। फर्की आउने बन्दीहरूको विवरण सम्बन्धित कारागार कार्यालयले तत्काल अद्यावधिक गरी विभाग, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरूमा जानकारी गराउनेछ, जसका आधारमा वेबसाइटको विवरण पनि अद्यावधिक गरिँदै जाने विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
