देशभर माैसम सफा रहने

सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

काठमाडाैँ– आज देशभर माैसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। मनसुन बाहिरिएसँगै पछिल्लो समय माैसम प्रणालीको प्रभाव खासै छैन। यद्यपि, कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशभर मौसम मुख्यतया सफा नै रहने छ।