इजरायलले पनि रिहा गरिने प्यालेस्टिनी कैदीहरूको नाम अनुमोदन गरेको छ। अबको केही बेरमा हमासले बन्धकहरुलाई छाडेपछि इजरायलले पनि प्यालेस्टिनी कैदीबन्दीलाई रिहा गर्ने बताइएको छ।
प्यालेस्टिनी समाचार एजेन्सी शेहाबका अनुसार हमासले रिहा गर्न लागेका २० इजरायली बन्धकहरूको सूची जारी गरेको छ। सूचीमा भएका नामहरू अझै जीवित रहेको विश्वास गरिएका २० जना बन्धकहरूको नामसँग मेल खान्छ।
तर त्यस सूचीमा नेपालका विपिन जोशीको नाम भने छैन। जीवित वा मृतक कुनै पनि सूचीमा उनको नाम उल्लेख छैन। केही दिनअघि सार्वजनिक सूचीमा विपिनसहित एक इजरायली बन्धकको अवस्था अज्ञात रहेको उल्लेख थियो।
अर्कोतर्फ, इजरायलले पनि रिहा गरिने प्यालेस्टिनी कैदीहरूको नाम अनुमोदन गरेको छ। अबको केही बेरमा हमासले बन्धकहरुलाई छाडेपछि इजरायलले पनि प्यालेस्टिनी कैदीबन्दीलाई रिहा गर्ने बताइएको छ।
हमासले उत्तरी गाजा पट्टीमा रहेका इजरायली बन्धकहरूलाई रेडक्रसलाई सुम्पने बताएको छ। रेडक्रसका अधिकारीहरू बन्धकहरूलाई फिर्ता लिन गएका छन्। इजरायली वायुसेनाको अनुसार, बन्धकहरूलाई फिर्ता ल्याउन दुई हेलिकप्टरहरू तैनाथ गरिएको छ।
फर्किएपछि, यी बन्धकहरूले इजरायलबाट एउटा किट प्राप्त गर्नेछन्, जसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनकी श्रीमती सारा नेतान्याहूको पत्र पनि समावेश हुनेछ।
इजरायली मिडियाका अनुसार इजरायली सरकारका मन्त्रीहरूले आइतबार राति रिहा गरिने प्यालेस्टिनी कैदीहरूको सूचीलाई अनुमोदन गरेका हुन्। कुल १,७१८ प्यालेस्टिनी कैदीहरू र गाजा बन्धकहरूलाई रिहा गरिने भएको छ।
सोमबार बिहानदेखि नै तेल अभिभमा ठूलो संख्यामा इजरायलीहरू बन्धकहरूको रिहाइको माग गर्दै भेला भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
