तिहारको चटारो: पाला बनाउन भ्याइनभ्याइ (तस्वीरहरू)

भक्तपुरको ताल्को (टेलाकू) क्षेत्रका स्थानीय तिहारका लागि माटोका पाला बनाउन व्यस्त देखिएका छन्।

तस्वीर : नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– नेपालीको दोस्रो ठूलो चाड तिहार नजिक आइसकेको छ। दशैँ सकिएसँगै तिहारलाई लक्षित गरेर भक्तपुरको ताल्को (टेलाकू) क्षेत्रका स्थानीय माटोका पाला बनाउन व्यस्त देखिएका छन्। अन्य समयको तुलनामा तिहारमा माटोको दियो र पालाको माग धेरै हुने भएकाले उनीहरू व्यस्त भएका हुन्।

स्थानीय विनोदकुमार प्रजापतिले दिएको जानकारीअनुसार, दीपावलीका लागि तिहारमा हरेक घरमा दियो बालिने हुँदा पालाको माग अन्य समयमा भन्दा बढी हुन्छ। बजारमा हिजोआज विभिन्न इलेक्ट्रोनिक बत्तीहरूको बिक्री वितरण बढ्दै गए पनि माटोको पालाको माग पनि उस्तै रहेको उनले जानकारी दिए।

उनका अनुसार काठमाडौँ, ललितपुरलगायत विभिन्न स्थानबाट तिहारमा पालाको माग हुने भएकाले सोहीअनुसार पाला बनाउने गरिएको छ। होलसेल मूल्य प्रतिगोटा दुई रुपैयाँदेखि साढे दुई रुपैयाँसम्म तथा गुणस्तरअनुसार फरक–फरक हुने गरेको उनले जानकारी दिए। हेर्नुहोस् तस्वीरहरू:

nullnullnullnullnullnullnullnullnullnull