पूर्वसभामुख उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध भेपमार्फत सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
काठमाडौँ– पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराविरुद्ध भेपमार्फत सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
आइतबार पक्राउ परेका महराविरुद्ध सोमबार भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दा दायर भएको हो। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले दायर भएको मुद्दामा महरासँग आठ करोड ५५ लाख २८ हजार ३७४ बिगो असुल गरी ३ वर्षभन्दा बढी कैद सजाय मागदाबी लिइएको छ।
महरामाथि २०७९ सालमा विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्नता रहेको आरोप छ।
२०७९ पुस १० गते फलाई दुबईको विमानबाट नेपाल आएका चिनियाँ नागरिक ली हान्सङले दुई वटा सुटकेसभित्र रहेका ७३० थान इलेक्ट्रिक सिगरेट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको थियो। जफत गरिएको भेप विमानस्थल भन्सार कार्यालयको स्टोर (गोदाम)मा राखिएको थियो।
तर भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासमेतको संलग्नतामा गोदामबाट अवैध रूपमा निकालिएको प्रहरीको अनुन्धानका क्रममा खेलेको थियो। उनीहरूको समूहले भेपमा रहेको आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन अवैध रूपमा बिक्री गरी संगठित रूपमा आपराधिक लाभ लिएको आरोप छ।
महरा यही प्रकरणमा गत वर्ष चैत ५ गते कपिलवस्तुबाट पक्राउ परेका थिए। चैत ९ गते जिल्ला सरकारी वकिलको कार्यालयले स्वास्थ्य अवस्थालाई ध्यानमा राखी, अनुसन्धानका लागि आवश्यकता पर्दा उपस्थित हुने शर्तमा छोराको रोहबरमा उनलाई रिहा गरेको थियो। यद्यपि, त्यतिबेला उनको बयान कागज गरिए पनि यसअघि उनी प्रतिवादी बनाइएका थिएनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
