परराष्ट्र मन्त्रालयले विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको जनाएको छ ।
काठमाडौँ– परराष्ट्र मन्त्रालयले हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको अवस्था अज्ञात रहेको जानकारी दिएको छ।
इजरायल र हमासबीच द्वन्द्व अन्त्य गर्न प्रस्तावित ‘मध्यपूर्व शान्ति प्रस्ताव’को प्रथम चरणअन्तर्गत कैदी तथा बन्धक आदान-प्रदान सूचीमा जोशीको नाम समावेश थिएन। बन्धक बनाइएकामध्ये २० जना जीवित बन्धकलाई सोमबार रिहा गरिएको थियो। जोशी पनि हमासले रिहा गर्नेहरूको सूचीमा रहने अपेक्षा गरिएको थियो।
तर, सोमबार बिहान इजरायली सेनाले आयोजना गरेको भर्चुअल बैठकमा जोशीको नाम बन्धक आदान-प्रदानको सूचीमा समावेश नभएको जानकारी दिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, भर्चुअल बैठकमा इजरायलका लागि नेपाली राजदूत, जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीहरू सहभागी थिए। बैठकमा जोशीको हालको अवस्था अज्ञात रहेको जानकारी गराइएको थियो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “आज बिहान इजरायलको स्थानीय समयअनुसार ७:३० बजे इजरायली सेनाले आयोजना गरेको भर्चुअल बैठकबाट आज रिहा हुने बन्दीहरूमा विपिन जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको छ।”
जोशीको सकुशल रिहाइका लागि सरकारले विगत एक वर्षको अवधिमा विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयास गरेको मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले हमासको कब्जामा रहेका सबै जीवित बन्दीको रिहाइ र मृत बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म यस विषयमा निरन्तर रूपमा जानकारी अद्यावधिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
जोशी गत २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि इजरायली भूभागबाट हमासको कब्जामा पुगेका थिए। उनी इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि गएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
