हमासले सोमबार इजरायललाई फिर्ता गर्ने भनिएका चार जना मृत बन्धकको नाम सार्वजनिक गरेको छ। सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि उल्लेख छ।
काठमाडौँ– प्यालेस्टिनी लडाकु समूह हमासले सोमबार इजरायललाई फिर्ता गरिने चार मृत बन्धकहरूको नाम सार्वजनिक गरेको छ।
हमासले सार्वजनिक गरेको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीसहित गाय इलुज, योसी शाराबी र ड्यानियल पेरेट्जको नाम रहेको छ।हमासले गाजामा रहेका सबै जीवित बन्धकहरूलाई रिहा गरिसकेपछि मृत बन्धकहरूको शव फिर्ता गर्न लागेको हो।
सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणपछि जोशीसहित २५१ जनालाई बन्धक बनाइएको थियो। विभिन्न चरणका सम्झौतामार्फत अधिकांश बन्धकहरू रिहा भए पनि जोशीको अवस्था लामो समयसम्म अज्ञात थियो। जोशीको मृत्युको यकिन कारण भने हालसम्म स्पष्ट भइसकेको छैन।
द जेरुसलाम पोस्टका अनुसार, इजरायली रक्षा बलका प्रमुख प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले पनि यी चार मृत बन्धकहरूको शव सोमबार साँझ हमासले फिर्ता गर्न लागेको पुष्टि गरेका छन्।
गाय इलुजलाई सन् २०२३ अक्टोबर ७ को आक्रमणको ५६ दिनपछि इजरायली रक्षा बल (आईडीएफ)ले मृत घोषणा गरेको थियो। योसी शाराबीको मृत्यु इजरायली वायु सेनाको आक्रमणपछि बन्धक बनाइएको भवन भत्किँदा भएको आईडीएफको अनुसन्धानले देखाएको छ।
ड्यानियल पेरेट्जको परिवारलाई मार्च २०२४ मा बन्धकमै मृत्यु भएको जानकारी दिइएको थियो। तर, नेपाली विद्यार्थी विपिन जोशीको मृत्युको अवस्था भने आजसम्म अस्पष्ट रहेको पोस्टले उल्लेख गरेको छ।
हमासले गाजामा इजरायली आक्रमणबाट भएको व्यापक विनाशका कारण सबै मृत बन्धकहरू फेला पार्न नसकिने दाबी गरेको छ। बन्धकहरूलाई गाडिएको भनिएका भवनहरू र वरपरका क्षेत्रहरू ध्वस्त पारिएका कारण शवहरू पत्ता लगाउन अत्यन्तै कठिन हुने हमासको भनाइ छ।
यसअघि, इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत हमासले सोमबार सबै २० जीवित इजरायली बन्धकलाई रिहा गरेको थियो। पहिलो खेपमा सात र दोस्रो खेपमा १३ जना गरी कुल २० जना बन्धक रिहा भएका थिए।
सम्झौताअनुसार इजरायलले एक हजार ९०० भन्दा बढी प्यालेस्टिनी कैदीलाई मुक्त गर्नेछ। साथै, गाजामा खाद्य सामग्री तथा मानवीय सहायता निर्बाध रूपमा आपूर्ति गर्न अनुमति दिइने छ, जसलाई युद्धपछिको पुनर्निर्माण र जनजीवन सामान्यीकरणतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा इजरायलमा लगभग एक हजार २०० जनाले ज्यान गुमाउनुका साथै २५१ जना अपहरणमा परेका थिए। विभिन्न बन्धक आदानप्रदान सम्झौतामा अधिकांश बन्धकलाई रिहा गरिसकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
