कोशी प्रदेश सरकारले 'जेनजी' प्रदर्शनका क्षतिग्रस्त सरकारी कार्यालयका साथै हालैको बाढीपहिरोले पुर्याएको क्षतिको पुनर्निर्माणका लागि बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।
विराटनगर– चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय कोशी प्रदेश सरकारले गरेको छ।
सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको बजेटको एक चौथाइ (२५ प्रतिशत) कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्ने निर्णय गरेको हो।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले सो रकम दुई मुख्य क्षतिको पुनर्निर्माणमा खर्च गर्न जुटाइएको जानकारी दिए।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त भएका कार्यालयहरू र केही दिनअघिको बाढीपहिरोले पुर्याएको क्षतिको पुनर्निर्माणका लागि खर्च जुटाउन उक्त बजेट कटौती गरिएको मन्त्री भण्डारीले बताए।
त्यसैगरी, बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा प्रदेशका एघारौँ तहका इन्द्र सापकोटालाई खटाउने निर्णय पनि गरेको छ। साथै, विपद् पछिको पुनर्निर्माणमा मात्रै खर्च गर्ने गरी रकमान्तरलाई खुला गर्ने निर्णय गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
