कोशीको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ।

काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ। 

कोशीको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। राति देशभर मौसम मुख्यतया सफा रहनेछ।