सशस्त्र प्रहरी बल र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको टोलीले वीरगन्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरबाट सुन र चाँदी बरामद गरेको छ।
वीरगन्ज– भन्सार छली गरेर गोदाममा राखेको अवस्थामा सशस्त्र प्रहरी बल र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको टोलीले २ हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ।
वीरगन्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरबाट सो परिमाणको सुन र चाँदी बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका एसपी पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जानकारी दिए।
“भन्सार छली गरेर सुन चाँदी भित्र्याएको आशंकामा सोमबार छापा मर्दा सो परिमाणको सुनचाँदी बरामद भएको हो,” उनले भने, “संयुक्त टोलीद्वारा उक्त सुनचाँदी नियन्त्रणमा लिई सुन चाँदी व्यवसायी संघमा लगी मापन गर्दा सुन दुई हजार २५४.८६ ग्राम र चाँदी १० हजार ३५४.०७ ग्राम फेला परेको छ।”
सशस्त्र प्रहरीले सुनजस्तो देखिने थप ५५९.१० ग्राम र चाँदीजस्तो देखिने ५५० ग्राम पनि बरामद गरेको जनाएको छ। सोही गोदामबाट १ लाख ९ हजार नेपाली रुपैयाँ र भारु ४१ हजार ६० पनि बरामद गरेको छ।
पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाइने बताए। “बरामद भएको सुनचाँदीको परीक्षण भएपछि राजस्व अनुसन्धान विभागबाट अनुसन्धान अधिकृत तोकेर आएपछि छानबिनको प्रक्रिया अघि बढ्नेछ,” उनले भने।
राजस्व चुहावटको सूचनाका आधारमा सो सुनचाँदी बरामद भएकाले पनि आवश्यक कागजात हेरेर मुद्दा चलाइने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
