नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। मंगलबार एकैदिन तोलामा ८ हजार १०० रुपैयाँले बढेर सुन साढे २ लाख नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो। सोमबार सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ३ हजार २२० रुपैयाँ रहेको चाँदी मंगलबार बढेर तोलामा ३ हजार ३२५ रुपैयाँ पुगेको छ।
सुन र चाँदी दुवैको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा परेको महासंघले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
