११ वर्षदेखि नियमित आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा गत वर्षदेखि गौघाट ग्रीन रन हुन थालेको छ।
बाँके– जलवायु परिवर्तनको विश्वव्यापी मुद्दाबारे स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आयोजित गौघाट ग्रीन रनको उपाधि जुम्लाका युवकराज बुढा र बाँकेकी दीपशिखा शाहीले जितेका छन्।
खजुरा पालिकाको सितापुरमा भएको रनमा पाँच किमी खुला पुरुषतर्फ नरैनापुरका अरविन्द कुमार याद दोस्रो र जुम्लाका यमराज खत्री तेस्रो भए। खुला छात्रातर्फ २.५ किमीमा कोहलपुरकी दीपशिखा प्रथम हुँदा, कोहलपुरकी स्वस्तिका शाही दोस्रो र बर्दियाकी राधा सुनार तेस्रो भए।
खजुरापालिका स्तरीय पाँच किलोमिटर छात्रतर्फ ज्ञानोदय उच्च माविका धनिराम खटिक प्रथम, जनता उच्च माविका निकेस खत्री दोस्रो र अमर माविका युसुफ विक तेस्रो भए। त्यसैगरी छात्रा २.५ किमीमा अमर माविकी विनिसा एलजी पहिलो, योगिनी माविकी प्रशंसा बिसी दोस्रो र अमर माविका विनीता पुलामी तेस्रो भए।

११ वर्षदेखि नियमित आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा गत वर्षदेखि गौघाट ग्रीन रन हुन थालेको हो।
विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)बाट प्रमाणीकरण रुट भएको धारा नेपालगन्ज म्याराथनको ११औँ संस्करण यही मंसिर ६ गते शनिबार हुँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
