आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार, तीन वर्षको सम्झौता अवधिमध्ये पुलको डिजाइन स्वीकृति र मापदण्डविपरीतका संरचना हटाउनै एक वर्ष लाग्यो। पछिल्लो दुई वर्षमा निर्माणले गति लिए पनि अपेक्षित प्रगति भने हुन सकेको छैन।
गण्डकी – पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘केबल–स्टेड’ पुलको भौतिक प्रगति अत्यन्त सुस्त देखिएको छ। तीन वर्षको ठेक्का अवधि गत भदौमा सकिँदा पनि पुलमा हालसम्म जम्मा ५० प्रतिशत काम मात्र भएको छ।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरले आगामी वैशाखसम्म पुलको ठेक्का म्याद थपिएको जानकारी दिए। पश्चिम खण्ड (पोखरा–जामुने) प्रमुख कुँवरले भने, “अहिलेकै गतिमा काम भए वैशाखभित्र पनि पुल बन्न मुस्किल छ। निर्माण कम्पनीले पुलका लागि चाहिने केबललगायत सामग्री समयमा ल्याउन नसक्दा ढिलाइ भएको हो।”
प्रमुख कुँवरका अनुसार, तीन वर्षको सम्झौता अवधिमध्ये पुलको डिजाइन स्वीकृति र मापदण्डविपरीतका संरचना हटाउनै एक वर्ष लाग्यो। पछिल्लो दुई वर्षमा निर्माणले गति लिए पनि अपेक्षित प्रगति भने हुन सकेको छैन।
२०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो। चीनबाट पुलको केबल आयात गर्न कम्पनीले प्रतीतपत्र (एलसी) खोल्ने तयारी गरेको कुँवरले बताए। ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा चार जगको काम पूरा भइसकेको छ भने चार टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।
निर्माण कम्पनीका अनुसार, आकर्षक डिजाइनको यो पुलको जग निर्माणमा बढी समय लागे पनि टावर र माथिल्लो संरचनाको काम चाँडो हुनेछ। छ लेनको उक्त सडकमा अहिलेको पुलको छेउमा तल र माथि गरी दुईवटा आकर्षक पुल बन्नेछन्।
एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत निर्माण भइरहेको यो पुलको ठेक्का भ्याटबाहेक रु ९४ करोडको रहेको छ। यो पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण बढ्नेछ। आयोजना प्रमुख कुँवरले पुरानो प्रविधिको भन्दा अहिले निर्माणाधीन पुल डिजाइनका हिसाबले आकर्षक रहेको बताए। १९० मिटर लामो उक्त पुल निर्माणमा कंक्रिट र फलामको प्रयोग गरिएको छ। पुलको डिजाइन निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले गरेको थियो।
पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा यस्तै आकर्षक पुलहरू निर्माणाधीन अवस्थामा छन्। ५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम शुरू गरिएको हो।
सडक स्तरोन्नतिसँगै आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) मा ११ पुल बनिसकेका छन् भने सेती पुलसहित दुई पुल निर्माणाधीन अवस्थामा छन्। तनहुँको म्याग्देखोला, कुम्लेखोला लगायत ११ स्थानमा पुल निर्माण सम्पन्न भइसकेको छ भने पोखराको विजयपुर खोला र सेती नदीमा निर्माण कार्य जारी रहेको आयोजना प्रमुख कुँवरले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
