भदौ २३ र २४ गतेको आन्दोलनका दौरान भागेकामध्ये चार हजार ६१८ नेपाली, ५३५ भारतीय र १०४ अन्य देशका गरी पाँच हजार २५७ जना कैदीबन्दी अझै कारागार बाहिरै रहेका छन्।
काठमाडौँ– गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीहरूको अद्यावधिक विवरण सार्वजनिक गरेको छ।
विभागको प्रशासन शाखाका अनुसार, पाँच हजार २५७ जना कैदीबन्दी अझै कारागार बाहिरै छन्। तीमध्ये चार हजार ६१८ नेपाली, ५३५ भारतीय र १०४ अन्य देशका नागरिक रहेका हुन्। मंगलबार सार्वजनिक गरिएको यो विवरण असोज २८ गतेसम्मको अद्यावधिक हो।
यसअघि असोज २६ गते विभागको वेबसाइटमा प्रकाशित विवरणअनुसार पाँच ५४७ कैदीबन्दी बाहिरै थिए र नौ हजार आठ जना कारागारमा फर्किएका थिए। पछिल्लो दुई दिनमा २९० जना थप फर्किएसँगै हालसम्म नौ हजार २९८ जना कैदीबन्दी कारागारमा फर्किसकेका छन्।
विभागले फरार रहेका कैदीबन्दीलाई यथाशीघ्र आफैँ उपस्थित हुन वा कारागारमा फर्काउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
