असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति पछिल्लो दुई महिनामा ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ।
काठमाडौँ– नेपाल राष्ट्र बैंकले गत भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.०६ प्रतिशत र ३.१९ प्रतिशत रहेको थियो।
खाद्य तथा गैरखाद्य समूहको मूल्य स्थिति
गत भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०९ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.६६ प्रतिशतले बढेको छ।
यता, तरकारी उप–समूहको उपभोक्ता मूल्य सूचकांक १२.७४ प्रतिशत, मरमसलाको छ.३१ प्रतिशत र दाल तथा गेडागुडीको ३.५८ प्रतिशतले घटेको छ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको ११.७७, शिक्षाको ७.६७, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९, सुर्तीजन्य पदार्थको ४.८४ र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले वृद्धि भएको छ। तर, बीमा तथा वित्तीय सेवा उपसमूहको सूचकांक ०.२२ प्रतिशतले घटेको छ।
क्षेत्रगत र प्रदेशगत मुद्रास्फीति
राष्ट्र बैंकका अनुसार गत भदौ महिनामा सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.९१ प्रतिशत र ग्रामीण क्षेत्रको १.७३ प्रतिशतले बढेको छ।
प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९९ प्रतिशत, मधेशको १.७४, बागमतीको १.७२, गण्डकीको १.४७, लुम्बिनीको १.७६, कर्णालीको १.८५ र सुदूरपश्चिम प्रदेशको ०.८८ प्रतिशत रहेको छ। त्यस्तै, काठमाडौँ उपत्यकाको २.२१, तराईको १.७०, पहाडको १.६८ र हिमालको २.५१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
शोधनान्तर र चालु खाता बचतमा, विदेशी मुद्रा सञ्चिति २८ खर्ब नाघ्यो
चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ। यस अवधिमा चालु खाता एक खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो।
भदौ मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर दुई अर्ब २० करोड रहेको छ भने एक अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। त्यस्तै, यो अवधिमा शोधनान्तर स्थिति रूएक खर्ब ५३ अर्ब ६८ करोड बचतमा रहेको छ।
गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो दुई महिनामा ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २५ खर्ब ८२ अर्ब ३८ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति दुई खर्ब ९८ अर्ब ९७ करोड बराबर रहेको छ। चालु आर्थिक वर्षको दोस्रो महिनाको आयातलाई आधार मान्दा, बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।
दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो
चालु आर्थिक वर्ष २०८२/८३ को शुरुआती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। भदौ मसान्तसम्म विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको छ।
गत भदौ महिनामा मात्र एक खर्ब ७४ अर्ब ६७ करोड विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ। पछिल्लो दुई महिनामा खुद द्वितीय आय अर्थात् खुद ‘ट्रान्सफर’ तीन खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ।
गत साउन र भदौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८८४ रहेको राष्ट्र बैंकले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
