देशभरको मौसम सफा रहने पूर्वानुमान

देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौँ– देशभर आज मौसम सफा रहने छ। देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशीको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्यसैगरी, राति देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।