सुइरेचौरबाट हिमाल हेर्दा [तस्वीरहरू]

काठमाडौँबाट नजिकै रहेको र बस्नका लागि पनि व्यवस्था रहेका कारण सुइरेचौरमा शुक्रबार र शनिबार पर्यटकको चहलपहल बढी हुने गरेको छ।

सुइरेचौरबाट हिमाल हेर्दा  [तस्वीरहरू]
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– काठमाडौँको सामाखुसीबाट ४५ मिनेटमा पुग्न सकिने सुइरेचौर हिमाल हेर्नका लागि उपयुक्त गन्तव्य बनेको छ।

नुवाकोटको शिवपुरी गाउँपालिकामा पर्ने उक्त चौरबाट अन्नपूर्ण हिम शृंखला, मनासलु, गणेश, लाङटाङ, जुगल र गौरीशंकर हिमाललगायतको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। 

nullकाठमाडौँबाट नजिकै रहेको र बस्नका लागि पनि व्यवस्था रहेका कारण शुक्रबार र शनिबार सो क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ। पछिल्लो समय पर्यटकहरू बढ्दो क्रममा रहेको स्थानीय प्रधान लामा तामाङले बताए। 

nullnullnullnullnull