इटलीमा प्रवासीहरू गरिबीबाट अझ बढी प्रभावित रहेको अध्ययनले देखाएको छ। प्रवासी परिवारमध्ये ३५ प्रतिशत गरिबीको रेखामुनि रहेका छन्।
इटलीमा सन् २०२४ मा करिब १० जनामध्ये एक जना पूर्ण गरिबीको अवस्थामा रहेको अध्ययनले देखाएको छ।
मंगलबार सार्वजनिक गरिएको इटलीको राष्ट्रिय तथ्यांक संस्था (ईस्टाट) को प्रतिवेदन अनुसार देशभर ५७ लाख मानिस (झन्डै २२ लाख घरपरिवार) पूर्ण गरिबीमा बाँचिरहेका छन्। जसले कुल जनसंख्याको ९.८ प्रतिशत प्रतिनिधित्व गर्छ।
पूर्ण गरिबीमा भन्नाले मानिसले दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत वस्तु तथा सेवा खरिद गर्न नसक्ने अवस्थालाई जनाइएको छ। अघिल्ला दुई वर्षमा यो अनुपात स्थिर भए पनि पछिल्ला १० वर्षमा भने गरिबी उल्लेख्य रूपमा बढेको अध्ययनले जनाएको छ।
युरोपस्तरीय मापदण्ड अनुसार, सन् २०२४ मा करिब एक करोड ३६ लाख इटलियन (जनसंख्याको २३ प्रतिशत) गरिबी वा सामाजिक बहिष्करणको जोखिममा परेका थिए।
यो दर युरोपेली संघको औसत २१ प्रतिशतभन्दा उच्च हो। इटली केही पश्चिम युरोपेली मुलुकभन्दा कमजोर अवस्थामा देखिए पनि, ग्रीसजस्ता राष्ट्रको तुलनामा राम्रो अवस्थामा छ, जहाँ गरिबीको जोखिम २७ प्रतिशत पुगेको अध्ययनले देखाएको छ।
यस अध्ययन अनुसार इटलीमा प्रवासीहरू गरिबीबाट अझ बढी प्रभावित छन्। प्रवासी परिवारमध्ये ३५ प्रतिशत गरिबीको रेखामुनि रहेका छन्। जबकि केवल इटालियन भएका घरपरिवारमा यो संख्या ६ प्रतिशत मात्र रहेको छ। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
