पर्खाल भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए। उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो।
चितवन– पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ छन्। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालका अनुसार उनीहरूको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु छन्। घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको छ।
रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दाना उद्योगको ४ नम्बर पर्खाल बुधबार बिहान भत्किएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
