समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर नकारात्मक सर्किट तहमा कारोबार भएको छ।
काठमाडाैँ– मंगलबार घटेर बन्द भएको शेयरबजार परिसूचक नेप्से बुधबार पनि घटेको छ। आज नेप्से २२.५८ अंक घटेर २,५०५.५८ विन्दुमा झरेको छ।
आज सेन्सेटिभ इन्डेक्स २.९२ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०५ अंक घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। मंगलबार ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ३१८ स्टकको ७६ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको हो।
आज समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.९३ प्रतिशत बढेको छ। त्यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फन्डको इकाईमूल्य यस दिन ५.२३ प्रतिशत बढेको छ। अन्य स्टकहरूको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर यस दिन नकारात्मक सर्किट तहमा कारोबार भएको छ।
१३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको परिसूचक सामान्य बढ्दा बाँकी १२ उपसमूहको परिसूचक भने घटेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ। त्यसैगरी, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
