'घोस्ट टाउन भिजिटर' नाम दिइएको यो विशेष तस्बीर खिच्न आफूलाई दश वर्ष लागेको उनले बताएका छन्।
काठमाडाैँ– लामो समयदेखि खण्डहर बनेको हीरा खानी बस्तीको भग्नावशेष, जहाँ रातको समयमा एउटा खैरो हुँडार उभिरहेको छ। यो विचित्र क्षणलाई क्यामेरामा कैद गरेका विम भान डेन हीभरलाई यो वर्षको वन्यजन्तु फोटोग्राफर पुरस्कार दिइएको छ।
दक्षिण अफ्रिकी फोटोग्राफर डेन हीभरले यो तस्बीर खिच्न एउटा अनौठो तरिका प्रयोग गरे। उनले एट्लान्टिक महासागरबाट आउने बाक्लो समुद्री कुहिरोबीचमा आफ्नो क्यामेरा राखे।
'घोस्ट टाउन भिजिटर' नाम दिइएको यो विशेष तस्बीर खिच्न आफूलाई दश वर्ष लागेको उनले बताएका छन्। "खैरो हाइनाको यो एकल तस्बीर खिच्न मलाई दश वर्ष लाग्यो," उनी भन्छन्।
यो प्रजातिको हुँडार प्रायः निशाचर हुन्छ र एकान्तमा बस्न रुचाउँछ। नामिबियाको कोल्मान्स्कोप क्षेत्रमा यिनीहरू घुमिरहेको देखिएको छ।
मंगलबार वन्यजन्तु फोटोग्राफर प्रतियोगिता–२०२५ का विजेताहरूको घोषणा गरिएको हो। यस वर्ष, लन्डनको प्राकृतिक इतिहास संग्रहालयले तयार पारेको प्रतियोगितामा ११३ विभिन्न देश र क्षेत्रका कीर्तिमानी ६०,००० तस्बीरहरू थिए।
फोटोग्राफी, वन्यजन्तु संरक्षण लगायत विभिन्न क्षेत्रका विज्ञहरूको टोलीले विजेता फोटोग्राफरहरूको छनोट गरेका हुन्। वर्षको वन्यजन्तु फोटोग्राफरबाहेक अन्य विभिन्न शीर्षकमा पनि विजेता घोषणा गरिएको छ।
विजेता तस्बीरहरू यही अक्टोबर १७ देखि अर्को वर्ष जुलाई १२ सम्म संग्रहालयमा हेर्न सकिनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
