विपिन जोशीको सम्झनामा काठमाडाैँको माइतीघर मण्डलमा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ।
काठमाडाैँ– विपिन जोशीको सम्झनामा काठमाडाैँको माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ।
इजरायल–हमास युद्धमा मारिएका विपिनको यादमा बुधबार साँझ जेनजी प्रतिनिधिहरूले आयोजना गरेको कार्यक्रममा दीप प्रज्वलन गरिएको हो। हमासको नियन्त्रणमा रहेको भनिएका विपिन जोशीको मृत्यु भएको खबर गत सोमबार इजरायली सेनाले पुष्टि गरेको थियो।

गाजा युद्धविरामअघि हमासले इजरायली सेनालाई बुझाएको बन्धकको सूचीमा विपिनको अवस्था अज्ञात थियो। तर पनि विपिन जीवित नै छन् भन्नेमा उनको परिवारसहित धेरैले आशा गरेका थिए।

२०२३ को अक्टोबर ७ को आक्रमणपछि बन्धक बनाइएको केही समयमै हमासले विपिनको हत्या गरेको इजरायली सेनाको दाबी छ।



तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
