प्रतियोगितामा अपराजित नेपाल ८ अंकसहित शीर्षस्थानमा उक्लिएको छ। पहिलो पराजय बेहोरेको ओमानको ६ अंक छ।
काठमाडौँ– आईइसीसी टी२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा बुधबार राति सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनायो।
ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए। यस्तै, मोहम्मद नदीमले २५ रन बनाए। नेपालका लागि गुल्शन झाले ३ विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान २–२ विकेट लिए। सन्दीप लामिछानेले १ विकेट लिए।
त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए। आसिफ शेखले २० बलमा २ चौका र १ छक्कासहित २४ रनको योगदान गरे। गुल्शन झाले २ छक्कासहित १८ रन जोडे। अदिल आलमले १६ रन बनाए।
ओमानका लागि नदीम खानले ४ विकेट लिए। शुफिया मेहमुद र जितेन रामानन्दीले समान २–२ विकेट लिए। यसअघि नै टी२० विश्वकपमा स्थान बनाइसकेको नेपाल ८ अंक बटुल्दै उपाधि नजिक पुगेको छ।
नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको ओमानको ६ अंक छ। अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

Nepal is not near the qualification, its already been qualified. Please correct your news.
Sulav Dahal
1 month ago