अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु, २ गम्भीर

मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन्।

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु, २ गम्भीर
प्रतिकात्मक तस्वीर

अर्घाखाँची– छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउपालिका–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको हो। उनीहरू दुवै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन्। घाइते दुवैलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ।