अपांगता भत्ता थाप्न ५० वर्षसम्म दृष्टिविहीनको नाटक

सामाजिक/अपांगता भत्ता लिनका लागि मान्छेले कतिसम्म गर्छन्!

सामाजिक भत्ता लिनका लागि मान्छेले केसम्म गर्छन्! नक्कली कागजात बनाएको, मृतकलाई जीवित नै भनेर भत्ता लिइरहेका खबर त सुनिँदै आएको थियो। नेपालमै पनि यस्ता घटना बेलाबेला समाचार बनेर आइरहन्छन्।

तर भत्ता थाप्नकै लागि झन्डै जीवनभर अन्धो हुनुको नाटक गर्नसक्नु आफैंमा अनौठो त छँदैछ एक किसिमले कठिन पनि हो। तर इटालीका एक व्यक्तिले अन्धो भएको नाटक गरी १२ लाख डलर भत्ता थापे। नाम नखुलाइएका एक ७० वर्षीय पुरुषलाई आधा शताब्दीभन्दा लामो समयदेखि पूर्ण रूपमा दृष्टिविहीन भएको नाटक गरेको आरोप लगाइएको छ, जुन अवधिमा उनले अपांगता भत्ताबापत उक्त रकम लिएका हुन्।

अपांगता भत्ता थाप्न ५३ वर्षको अवधिसम्म पूर्ण अन्धोपनको नाटक गर्ने भिसेन्जाका ती व्यक्तिको घटनाले फेरि एक पटक इटालीको अनुदान र अशक्तता भुक्तानीको प्रमाणीकरण संयन्त्रलाई चर्चामा ल्याएको छ। उनलाई पाँच दशकअघि कामसँग सम्बन्धित घटनापछि पूर्णरूपमा अन्धो घोषित गरिएको थियो। तर जब भिसेन्जा प्रान्तीय कमाण्डको वित्त प्रहरीले छड्के जाँच गर्दा केही कुराले उनीहरूको ध्यान खिच्यो।

त्यसैले प्रहरीले उनलाई पछ्याउने र भिडियो रेकर्ड गर्ने निर्णय गरे। यसरी उनीहरूले उनलाई खतरनाक उपकरणहरू प्रयोग गरेर बगैंचाको काम गरिरहेको र पसलमा सामान किन्नुअघि सामानलाई सावधानीपूर्वक जाँच गरिरहेको भेटाए।

भिसेन्जाका अधिकारीहरूले अर्जिग्नानो कम्पनीका आफ्ना सहकर्मीहरूसँग मिलेर  दुई महिनाभन्दा बढी समयसम्म ती व्यक्तिलाई पछ्याउँदै उनी अन्धो नभएको पर्याप्त प्रमाण जुटाए। यस समयमा, उनी शहरभरि सहजै घुमिरहेको, आफ्नै किनमेल गरिरहेको, धेरै उत्पादनहरू दृश्यात्मक रूपमा निरीक्षण गरिरहेको र कुनै सहयोग बिना नगद भुक्तानी गरिरहेको भिडियो खिचिएको थियो।

पछि उनलाई इटालियन राज्यविरुद्ध ठगीको आरोपमा भिसेन्जा अभियोजकको कार्यालयमा अभियोग लगाइएको थियो।
भिसेन्जा अभियोजकको कार्यालयले सत्तरी वर्षीय नक्कली अन्धा मानिसलाई राज्यविरुद्ध ठगीको अभियोग लगाउन पनि आदेश दिएको छ।