छनोट प्रतियोगितामा भाग लिने मलेसियन खेलाडी प्रतिबन्धित भएसँगै फिफासमक्ष नेपालले निवेदन दिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए।
काठमाडौँ– एशियन कप छनोटका क्रममा मलेसियासँग पराजय व्यहोरेको नेपालले सो नतिजा उल्ट्याउन औपचारिक निवेदन दिएको छ। साउदी अरेबियामा सन् २०२७ मा हुने एशियन कप छनोट प्रक्रियाअन्तर्गत ‘२–०’ले नेपाल पराजित भएको थियो।
सो छनोट प्रतियोगितामा भाग लिने मलेसियन खेलाडी प्रतिबन्धित भएसँगै विश्व फुटबल नियामक संस्था ‘फिफा’समक्ष नेपालले निवेदन दिएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए।
गत महिना ‘फिफा’ले मलेसियाको राष्ट्रिय फुटबल टोलीमा संलग्न सात जना विदेशी खेलाडीलाई एक वर्षका लागि प्रतिबन्ध लगाउँदै फुटबल संघ (एफएएम)लाई चार लाख ४० हजार अमेरिकी डलर जरिबाना गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘एएफपी’ले जनाएको छ।
यसरी प्रतिबन्धित खेलाडीमध्येका एक ‘हेक्टर हेभल’ले मलेसियाको ‘जोहोर’मा सम्पन्न छनोट खेलमा नेपालका विरुद्ध पहिलो गोल गरेका थिए।
“हामीले उक्त खेलमा अयोग्य खेलाडी खेलेको विषयमा ‘फिफा’सँग सम्पर्क गरिसकेका छौँ। त्यसैले नतिजा उल्ट्याउनुपर्छ भन्ने हाम्रो माग हो, सोहीबमोजिम निवेदन दिएका हौँ,” एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने।
मलेसियाका तर्फबाट खेलेका ती सात खेलाडीले आफ्ना मलेसियाली पुर्खाको दाबी गर्न नक्कली कागजात प्रयोग गरेको फिफाको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। फिफाका अनुसार तिनीहरूमध्ये कसैको पनि आमाबाबु वा हजुरबुबा मलेसियामा नजन्मेको ‘एएफपी’ले जनाएको छ।
यसैबीच मलेसियाको फुटबल संघले सो सम्बन्धमा जानाजानी कुनै पनि गलत काम नगरेको स्पष्ट गर्दै खेलाडीहरूको योग्यतासम्बन्धी निर्णय ‘कानूनी प्रक्रियाअनुसार’ नै भएको भन्ने दाबी गरेको छ।
प्रतिबन्धित ती सात खेलाडी गत जुनमा भियतनामविरुद्ध भएको खेलमा पनि सहभागी भएको र उक्त एशियन कप छनोट खेलमा मलेसियाले ४–० को विजय हासिलसमेत गरेको एएफपीले जनाएको छ।
हालसम्म चार खेल खेलिसकेको नेपाल कुनै पनि अंक प्राप्त गर्न नसकेर समूह ‘एफ’को अन्तिम स्थानमा रहेको छ। मलेसिया १२ अंकका साथ शीर्ष स्थानमा छ भने भियतनाम नौ अंकसहित दोस्रो र लाओस तीन अंक प्राप्त गरी तेस्रो स्थानमा रहन सफल भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
