सरकारी कागजात किर्तेको अनुसन्धानका क्रममा सीआईबीको टोलीले कान्तिपुर भेट डिस्ट्रिब्युटरका सञ्चालक ऋषि बडाल (हेमराज)लाई पक्राउ गरेको छ।
काठमाडौँ— सरकारी कागजात किर्तेको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कान्तिपुर भेट डिस्ट्रिब्युटरका सञ्चालक ऋषि बडाल (हेमराज) लाई पक्राउ गरेको छ। ब्युरोको टोलीले बडाललाई बिहीबार साँझ करिब आठ बजे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल क्षेत्रबाट पक्राउ गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले जानकारी दिए।
यसअघि लेखतसम्बन्धी कसुरमा सीआईबीले कान्तिपुर भेटका सञ्चालक अध्यक्ष सुनिता बडाल सुवेदी (सुना सुवेदी) लाई असोज २४ गते काठमाडौँको शंखमूलबाट पक्राउ गरेको थियो। कम्पनीका सञ्चालक ऋषि बडाल भए पनि कम्पनी रजिस्ट्रारको कार्यालयमा सुनिताको नाममा दर्ता रहेकाले सीआईबीले उनलाई पक्राउ गरेको थियो।
यो पनि : सरकारी कागज किर्ते गरी प्रतिबन्धित औषधि भित्र्याउने कान्तिपुर भेटका अध्यक्ष पक्राउ
सीआईबीले कान्तिपुर भेटविरुद्ध सरकारी कागज किर्तेका साथै, दर्ता नभएका प्रतिबन्धित औषधि भित्र्याएको र राजस्व छली गरेको लगायतका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ। औषधि व्यवस्था विभाग र राजस्व अनुसन्धान विभागमा पत्र पठाएर विवरण माग गरी अध्ययन भइरहेको सीआईबीको भनाइ छ।
उकालोले २०८१ चैत १४ गते नै कान्तिपुर भेटले अवैध रूपमा भित्र्याएको एन्टिबायोटिकले जनस्वास्थ्यमा निम्त्याउन सक्ने भयावह संकटबारे विस्तृत रिपोर्टिङ गरेको थियो।
यो पनि: यसरी भइरहेछ औषधिका नाममा मान्छे मार्ने अपराध
त्यसैगरी, जेठ ४ गते प्रतिबन्धित तथा दर्ता नभएका एन्टिबायोटिक भित्र्याउन सरकारी कागजात किर्ते गर्ने व्यवसायी बडालका गतिविधिप्रति सरकारले आँखा चिम्लिँदा जनताको स्वास्थ्यमा पर्ने प्रतिकूल असरको जोखिमबारे अर्को रिपोर्ट प्रकाशन गरेको थियो।
यो पनि : भिटामिनको आवरणमा कुखुरालाई मान्छेको औषधि
भन्सार विभागको तथ्यांकअनुसार, सन् २०२० जुलाईदेखि २०२४ डिसेम्बरसम्म कान्तिपुर भेट डिस्ट्रिब्युटरले मात्र ५१ करोड ६७ लाख रुपैयाँभन्दा बढी मूल्यका दर्ता नभएका एन्टिबायोटिक तथा अन्य औषधि आयात गरेको देखिन्छ।
बडालले सञ्चालन गरिरहेको अर्को कम्पनी कान्तिपुर फार्मास्युटिकल्सले एउटा वस्तु ल्याउने अनुमति लिएर अर्कै वस्तु ल्याएको भन्सार र औषधि व्यवस्था विभागको कागजातबाट पुष्टि भएको थियो।
कम्पनीले सोडियम स्याकरिन आयातको अनुमति लिएको र सोही परिमाणमा भन्सार तथ्यांकमा देखिए पनि कम्पनीले सोडियम स्यालिसाइलेट नामक औषधि अवैध प्रक्रियाबाट भित्र्याएको थियो। सोडियम स्यालिसाइलेट फिड सप्लिमेन्टमा प्रयोग हुने भए पनि यसको आयातका लागि कम्पनीले अनुमति लिएको थिएन।
यो पनि : दर्ता नभएको एन्टिबायोटिक आयात अनुसन्धानमा सीआईबीलाई सरकारी वकिल कार्यालयको ‘असहयोग’
यसअघि कम्पनीका सञ्चालक बडालले उकालोसँगको कुराकानीमा सरकारी कागजात किर्ते गरेको स्वीकार गरेका थिए। बडालले भनेका थिए, “दर्ता नभएको एन्टिबायोटिक झिकाउन औषधि व्यवस्था विभागको किर्ते सिफारिस मेरो कम्पनीले भन्सारमा बुझाएको हो। तर, त्यो काम मैले होइन, मेरो भन्सार एजेन्टले गरेको हो।”
उनले यो कामका लागि सीआईबी र तत्कालीन गृह तथा हालका मुख्यसचिवकहाँ गएर माफी पनि मागिसकेको बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
