गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर भएको छ।
काठमाडौँ — गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर भएको छ।
प्रहरीले तीन साताअघि पक्राउ गरेका उनीहरूविरुद्धको अनुसन्धान पूरा भएपछि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाइएको थियो। सोही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले ज्यान मार्ने कसुर र आपराधिक उपद्र कसुरमा मुद्दा दायर भएको जानकारी दिए।
मुद्दा दायर गरिएका प्रतिवादीहरूमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासेका २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) रहेका छन्।
प्रतिवादीहरूविरुद्ध ज्यान मार्ने कसुरअन्तर्गत मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ अनुसार जन्मकैदको सजाय मागदाबी गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
