यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।

विभागका अनुसार दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ।

त्यसैगरी, राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।