सडकमा करिब चार फिटसम्म जमेको हिउँ तीन दिनको प्रयासपछि पन्छ्याइएको र त्यसपछि यातायात सहज बनेको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले जानकारी दिए।
सिमकोट– हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित न्यालु सडकखण्ड १२ दिनको अवरोधपछि सञ्चालनमा आएको छ। हिमपातका कारण पूर्ण रूपमा बन्द भएको सडक हिउँ पन्छाएपछि सुचारु भएको हो।
पूर्वाधार विकास कार्यालय हुम्लाले हिउँ पन्छाउन सदरमुकाम सिमकोटबाट एउटा एक्स्काभेटर पठाएको थियो। पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले बिहीबार हिउँ पन्छ्याएपछि सडक सुचारु भएको जानकारी दिए। सडकमा करिब चार फिटसम्म जमेको हिउँ तीन दिनको प्रयासपछि पन्छ्याइएको र त्यसपछि यातायात सहज बनेको उनले जानकारी दिए।
सडक सञ्चालनमा आएसँगै हिमपातका कारण तुम्लिङमा अल्झिएका ४० जनाभन्दा बढी यात्रु सकुशल सिमकोट पुगेका छन्। हिमपातका कारण लिमी उपत्यकामा अहिले चिसो अत्यधिक बढेको छ। यहाँको न्यूनतम तापक्रम बिहान-बेलुका माइनसमा झर्ने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
