मन्त्री घिसिङले पहिलो चरणको निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखेर बजेट अभाव हुन नदिने गरी विस्तारको दोस्रो चरण अगाडि बढाइने जानकारी दिए।
काठमाडौँ– सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गर्दै यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा निर्धारण गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता दिएको हो। गुरुयोजनाअनुसार यसका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान छ।
शहरी विकासमन्त्री घिसिङले रंगशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहेको र अन्तर्राष्ट्रिय खेल तथा पर्यटन प्रवर्द्धनमा समेत यसको महत्त्व रहने उल्लेख गरे।
उनले जग्गासम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्यांकनलाई अन्तिम रूप दिन तथा गुरुयोजनाअनुसार रंगशाला विस्तारका लागि दोस्रो चरणको टेन्डर प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति मिलेको जानकारी दिए।
केही दिनअघि स्थलगत निरीक्षण गरेका मन्त्री घिसिङले पहिलो चरणको निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखेर बजेट अभाव हुन नदिने गरी विस्तारको दोस्रो चरण अगाडि बढाइने जानकारी दिए।
हाल पहिलो चरणका संरचना निर्माण भइरहेका छन्। आगामी मंसिर १ गतेदेखि शुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल)अगावै निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
