जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले योजना आयोगका सचिव गोकर्णमणि दुवाडीलाई काठमाडौँ उपत्यका छाड्न अनुमति दिए पनि विदेश भ्रमणमा लगाएको रोक भने यथावत् राखेको छ।
काठमाडौँ– जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोग, २०८२ ले राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडीलाई काठमाडौँ उपत्यका छाड्न अनुमति दिए पनि विदेश भ्रमणमा लगाएको रोक भने यथावत् राखेको छ।
आयोगको शुक्रबार बसेको बैठकको निर्णयअनुसार, भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका समयमा गृह मन्त्रालयका सचिव रहेका दुवाडीलाई मन्त्रिपरिषद्को निर्णयअनुसार गठित क्षतिको मूल्यांकन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्ने समितिको संयोजकका रूपमा काम गर्न उपत्यका बाहिर जान अनुमति दिइएको हो।
उनले सातै प्रदेशमा स्थलगत अवलोकन भ्रमण गर्नुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रमार्फत आयोगलाई उपत्यका छाड्न नपाउने र विदेश भ्रमणमा लगाएको रोक फुकुवाका लागि अनुरोध गरेका थिए।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जारी गरेको विज्ञप्तिअनुसार, दुवाडीलाई एक पटकमा बढीमा सात दिनका लागि आयोगलाई जानकारी गराएर उपत्यका छाड्ने अनुमति दिइएको हो। तर, बयान कार्यका लागि उनी जुनसुकै समयमा आयोगले बोलाउँदा उपस्थित हुनुपर्ने शर्त राखिएको छ।
“...बयान कार्यका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा एक पटकमा बढीमा ७ (सात) दिनको लागि यस आयोगलाई जानकारी गराएर काठमाडौँ उपत्यका छाडेर माथि उल्लेखित काममा जान अनुमति दिने र विदेश भ्रमणमा लगाइएको रोक भने यथावत् कायम राख्ने,” विज्ञप्तिमा भनिएको छ।
साथै, आयोगले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी कार्यालय, उद्योग व्यवसाय, व्यापारिक संस्था, राजनीतिक दल, प्रदेश र विभिन्न तहका कार्यालयहरू, शिक्षण संस्थाहरू तथा व्यक्तिगत सम्पत्तिमा भएको हानि नोक्सानी क्षतिको विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ।
“कसैको क्षतिको विवरण पठाउन बाँकी भए आयोगको इमेल ठेगाना sept8and9incident.ic@gmail.com र आयोगको कार्यालय सिंहदरबारलाई उपलब्ध गराइदिनु हुन सम्बन्धित सबैमा विनम्र अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
