देशभरको मौसम सफा रहने पूर्वानुमान

दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ। राति देशभर मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ। राति देशभर मौसम मुख्यतया सफा रहनेछ।

विभागले यो साता देशभर न्यूनतम तापक्रम र अधिकतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने जनाएको छ। न्यूनतम तापक्रम र अधिकतम तापक्रम सरदर भन्दा केही माथि रहने विभागले जनाएको छ।