वैदेशिक रोजगारीमा जाने संस्कृतिले सामाजिक सद्भाव र पर्वको महत्त्वमा थप उचाइ थपेको छ। विदेशमा र स्वदेशमा भएका दुवैले आत्मीय सम्बन्ध बोध गराउने समाजशास्त्री पौडेलको धारणा छ।
काठमाडौँ– आँगनभरि ढकमक्क मखमली। टपक्क टिपेर माला उनेर दाजुको गलामा पहिराउने चाहना। तर, जुन फूल जसको गलामा हुनुपर्ने हो, ऊ समुद्रपारि छ। बौद्ध जोरपाटीकी सुमना बेल्वासेलाई जब तिहार आउँछ, समुद्रपारि पुगेका दाजुको सम्झना आँखाभरि छल्किन थाल्छ। उनी भन्छिन्, “दाइ हुँदा हुन त यी सबै मखमली टिपेर गलाभारी पहिरिदिन्थेँ।”
‘सम्बन्ध जति टाढा उति गाढा’ भनेजस्तै बेल्वासेले दाजु बिदेसिएपछि तिहारको महत्त्व झनै मनन गरिन्। कोरियामा चार वर्षदेखि रोजगारी गर्न पुगेका दाजुले नै घर खर्च धानेका छन्। आर्थिक स्रोतको मुख्य भूमिका निर्वाह गरेका दाइको दायित्वप्रति उनी सधैँ हार्दिक भाव राख्छिन्। यद्यपि पर्वको बेला भने परिवारको सदस्य नहुँदा मन अमिलो हुने गरेको उनले सुनाइन्। विगतमा देउसी र भैलो खेलेर रमाइलो क्षण सँगालेकी उनी भन्छिन्, “दाइ अर्को वर्ष त आउँछ रे।”
बिदेसिएका भाइको सम्झनामा तीन वर्षदेखि एक्लै तिहार मनाइरहेकी ललितपुर डल्लुकी प्रिन्सा बस्नेतले भिडियो कलबाटै तिहार मनाउने सुनाइन्। तर, उनलाई भाइ आँखै अगाडि देख्न पाए रमाइलो गर्ने थियौँ भन्ने लाग्छ।
हुन त बेल्वासेका आफन्ती दाजुभाइ छन्। जो साथमा छैन उसैको चासो बढी हुने रहेछ। विदेशमा रहेका दाइको निधारमा टीका लगाएर बहिनी र दाजुबीचको आत्मीयता साट्ने क्षणको प्रतीक्षामा छिन्। विगत तीन वर्षदेखि भिडियो कलमा तिहारको बेला मौखिक शुभकामना दिएर तिहार मनाउने गरेको उनले सुनाइन्।
उनीजस्तै, परदेशी भाइलाई सधैँ तिहारमा सम्झिन बाध्य छिन्, भक्तपुरकी रोमा भट्टराई। भट्टराईका दुई दाजुभाइ छन्। कान्छो भाइ रोजगारीको सिलसिलामा कतार छन्। घरमै भएका दाजुको निधारमा सप्तरंगी टीका लगाउँदा भाइको समेत ख्याल नआउने कुरै भएन।
प्रत्येक तिहारमा भाइलाई भिडियो कल गर्दै दाजुलाई तिहारमा टीका लगाएको दृश्य देखाउँछिन्। “यस्तो बेला हाँसो र आँशु दुवै छल्किन्छ,” उनले भनिन्, “बिदेसिएको भाइ र यही भएको दाजु एकैसाथ भएर तिहार मनाउने कहिले होला ? त्यही समयको प्रतीक्षामा छु।”
कोटेश्वर बस्ने गंगा कोइरालाले भने दुई वर्षअघि विदेश गएका दुई दाजुको महिमा टाढिएपछि झनै गाढा भएको बताइन्। रोजगारीका सिलसिलामा दुवै दाजु कतारमा छन्। उनीहरूले हरेक तिहारमा बहिनीको सम्झनामा तिहार दक्षिणा अथवा केही न केही उपहार पठाएकै हुन्छन्। कोइरालाले खाडीमुलुक पुगेका दुई दाजुप्रति माया भाव दर्साउँदै भनिन्, “उहाँहरू यहाँ भइदिएको भए देउसीभैलो खेल्न पाउने थियौँ भन्ने लाग्छ।”
वैदेशिक रोजगारको सामाजिक संरचना र मनोविज्ञानलाई समेत प्रभाव पारेको समाजशाास्त्री बताउँछन्। समाजशास्त्री डा. मीना पौडेलका अनुसार वैदेशिक रोजगारले जसरी समाजमा आर्थिक क्षेत्रमा रेमिट्यान्स भित्र्याएर योगदान दिएको छ। जस्तै, वैदेशिक रोजगारीमा जाने संस्कृतिले सामाजिक सद्भाव र पर्वको महत्त्वमा थप उचाइ थपेको छ। विदेशमा भएका र स्वदेशमा भएका दुवैले आत्मीय सम्बन्ध बोध गराउने समाजशास्त्री पौडेलको धारणा छ।
“वैदेशिक रोजगारले सामाजिक मूल्यमान्यता र संस्कृति जर्गेनाको भूमिका पनि खेलेको छ,” उनले भनिन्। यसलाई सामाजिक पुँजी भनेर सम्बोधन गर्न उपयुक्त हुने उनको धारणा छ। रेमिट्यान्स भित्राएझैँ, वैदेशिक रोजगारले सामाजिक मूल्य र मान्यताको पुँजीमा पनि इँटा थप्ने काम गरेको छ भन्ने उनको बुझाइ छ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या आठ लाख ३३ हजार पुगेको छ। गत वर्षको तुलनामा यस वर्ष एक लाखले बढेको छ। आव २०८०/८१ को तथ्यांक हेर्ने हो भने, सात लाख ३९ हजार ४९ पुरुष र ९३ हजार महिला वैदेशिक रोजगारमा गएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
