नेपाली सेनाको फौज स्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भएको छ, तर सुरक्षा चुनौतीलाई ध्यानमा राखी अझै पनि २१ स्थानमा फौज तैनाथ रहेको सेनाले जनाएको छ।।
काठमाडौँ– ‘जेनजी’ प्रदर्शनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भएको छ। गत भदौ २३ र २४ को प्रदर्शनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र पाँच र उपत्यका बाहिर ५७ गरी कुल ६२ वटा कारागार तथा महत्त्वपूर्ण संरचनाको सुरक्षार्थ सेना खटिएको थियो।
सुरक्षा चुनौतीलाई ध्यानमा राखी अझै पनि २१ स्थानमा फौज तैनाथ भइरहेको सेनाले जनाएको छ। प्रदर्शनका कारण सिर्जित आगजनी, तोडफोड र दंगाजस्तो अप्ठ्यारो परिस्थितिमा छदेखि आठ घण्टाको तैनाथीपछि सेना उक्त अवस्था नियन्त्रणमा ल्याउन सफल भएको सेनाका उपरथी एवं युद्धकार्य महानिर्देशक अनुपजंग थापाले जानकारी दिए।
उनले भने, “अत्यन्त चुनौतीपूर्ण अवस्थामा शून्य मानवीय क्षतिका साथ शतप्रतिशत उद्धार गर्न सफल भएका छौँ । जसका कारण अत्यावश्यक सेवा तथा वस्तुको प्रवाहमा तत्कालै सहयोग पुगेको छ।”
सिंहदरबारको मुख्य भवनमा आगजनी भए पनि सेनाको पहलबाट त्यहाँभित्रका रणनीतिक महत्त्वका कागजात सहित राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको ‘डाटा सेन्टर’ लाई आगजनीबाट जोगाउन सफल भएको उपरथी थापाले बताए। मुलुकको समग्र सुरक्षा अवस्थाको जिम्मेवारी सम्हालेपछि सेनाले सञ्चालनमा ल्याएको ‘हटलाइन’ मा प्राप्त चोरी, लुटपाट र आगजनीजस्ता गुनासाको तत्काल सम्बोधन गरी सुरक्षाको प्रत्याभूति दिएको सेनाले जनाएको छ।
“त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आक्रमण गर्ने उद्देश्यका साथ भेला भएका करिब दुई हजार जना प्रदर्शनकारीलाई रोकी भदौ २५ गतेदेखि नै विमानस्थल पूर्ण रूपमा सञ्चालन गरिएको थियो,” महानिर्देशक थापाले भने, “विमानस्थलमा फसेका विदेशी पर्यटकलाई समेत यथोचित सुरक्षा प्रदान गरिएको थियो। साथै उपत्यकामा रहेका विभिन्न कूटनीतिक नियोग तथा विदेशी नागरिकको सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको थियो।”
यसअघि पहिलो चरणमा सिंहदरबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई सेनाले रोक्न सफल भए पनि ठूलो सङ्ख्यामा थपिएको भीडलाई रोक्न घातक हतियारको प्रयोग गर्नुपर्ने अवस्था भएकाले त्यसबाट हुनसक्ने मानवीय क्षति रोक्न विशेष सचेतता अपनाइएको सेनाको स्पष्टीकरण छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
