भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानको घरदैलोमै पुगेर व्यापारीले प्रतिस्पर्धामा बढी मूल्य तिरी फूल लिइरहेका छन्।
भक्तपुर– यस पटकको तिहारमा सयपत्री र मखमली फूलको मूल्य वृद्धि भएको छ। घरघरमै व्यापारी र बिचौलिया फूल लिन आउन थालेपछि मूल्य वृद्धि भएको हो।
भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानका घरदैलोमै पुगेर प्रतिस्पर्धामा व्यापारीले बढी मूल्य तिरेर फूल लिइरहेका छन्।
आइतबारदेखि तिहार शुरू हुँदैछ। तिहारको संघारमा फूल र मालाको मूल्य वृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन्। व्यापारीले शनिबार एउटा मखमली फूलको माला ८०–९० रुपैयाँमा बिक्री गरिरहेका छन्। गुण्डुका किसानबाट भने शुक्रबारसम्म मखमली फूलको प्रतिमाला २२–२५ रुपैयाँसम्ममा खरिद भएको किसानहरूले जनाएका छन्।
गुण्डुका पुष्प व्यवसायी रामेश्वर बस्नेतले शनिबारदेखि घरदैलोमा आएका व्यापारीले किसानबाट ३०–३५ रुपैयाँमै मखमली फूलको माला लिन थालेको र बजारमा प्रतिमाला ८०–९० रुपैयाँमा बिक्री गर्न थालेको बताए। किसानले भन्दा व्यापारी र बिचौलियाले तेब्बर मूल्यमा बिक्री गर्न थालेपछि उपभोक्ता मारमा परेको उनले गुनासो गरे।
चाँगुनारायण–९ का स्थानीय पुष्प कृषकले ३० रुपैयाँमा माला बिक्री गरेकामा तिहार आएसँगै मूल्य बढेको बताएका छन्। भक्तपुरको गुण्डुकी मीना नगरकोटीले १५ वर्षदेखि व्यावसायिक रूपमा फूल तथा माला बिक्री गर्दै आएकी छिन्। यसपटक तिहार आएसँगै व्यापारी र बिचौलिया नै प्रतिस्पर्धामा मूल्य बढाएर किसानको घरघरबाटै फूल उठाउन थालेको उनले बताइन्।
स्थानीय उर्मिला नगरकोटी तिहारको बेला फूल र मालाको व्यापारबाटै एउटा परिवारले एकदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछिन्। उनका अनुसार गुण्डुबाट मात्रै एक वर्षमा पाँच करोड रुपैयाँभन्दा बढीको फूल उत्पादन तथा बिक्री हुने गरेको छ।
स्थानीय अनिता बस्नेतले यस वर्ष आफ्नो साढे दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट तीन लाख रुपैयाँ आम्दानी गरेको बताइन्। सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन्। चार–पाँच वटा सयपत्री फूलको मुठा पारेर एक मुठाको २०–२५ रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताइन्।
सयपत्री फूललाई पाथी तथा ढ्वाङमा भरेर पनि बिक्री गरिन्छ। ढ्वाङमा करिब तीन पाथीभन्दा बढी हुन्छ। किसानले सयपत्री ढ्वाङको सात सय रुपैयाँसम्म बिक्री गरेको र बजारमा भने किलोमा चार सयदेखि पाँच सय रुपैयाँमा बिक्री हुने गरेको बस्नेतले बताए।
यहाँका कृषकले एकै घरबाट ३० हजारदेखि तीन लाख रुपैयाँसम्मको सयपत्री फूल बिक्री गर्ने गरेका छन्।
मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल किलोको ४५० रुपैयाँमा र मखमली फूलको माला ७० रुपैयाँमा बिक्री भइरहेको बताए। फूलको मूल्य भोलिदेखि अझै बढेर आउने उनले बताए।
यस वर्ष लामो झरी र वर्षाका कारण सयपत्री फूल मरेर उत्पादन कम भएपछि महँगो भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताए। उनले टनेल बाहिर खुल्ला रूपमा भएका फूलखेती सबै नष्ट भएको र टनेलमा लगाएको फूल बजारमा आएकाले मूल्य वृद्धि भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
