झाँझ नदीमा डुबेर दुई बालकको मृत्यु

रौतहटको झाँझ नदीमा नुहाउन गएका दुई जना बालकको मृत्यु भएको छ।

प्रति

रौतहट– रौतहटको झाँझ नदीमा नुहाउन गएका दुई जना बालकको मृत्यु भएको छ। गरुडा नगरपालिका–५ शिवनगरको झाँझ नदीमा शनिबार उनीहरूको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार देवाही गोनाही नगरपालिका–३ का १० वर्षीय निरज साह र १० वर्षीय अर्जुन साहको मृत्यु भएको हो।

नदीमा बालकहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरी शिवनगरस्थित संजिवनी अस्पताल पुऱ्याएका थिए।

तर, चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको प्रहरीको भनाइ छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।