महाशाखाले तिहारको समयमा ठूलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असरका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना रहेको जनाएको छ।
काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले यस वर्षको तिहारमा पहाडी भू-भागका एक–दुई स्थानमा छिटपुट वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना औँल्याएको छ।
महाशाखाले शनिबार ‘तिहार विशेष मौसम बुलेटिन’ जारी गर्दै तिहारको समयमा कुनै ठूलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असरका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार लक्ष्मीपूजाका दिन (कात्तिक ३ गते) देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ।
औँसीका दिन (कात्तिक ४ गते) पनि पहाडी भू-भागमा आंशिक बदली र बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ।
कात्तिक ५ गते गोवर्धन पूजाका पनि दिन देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
कात्तिक ६ गते भाइटीकाका दिन कोशी र मधेश प्रदेशसहित देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
