‘इराकमा १५ हजारजति नेपाली रहेको अनुमान छ, राजधानी बग्दाद, सुलेमानिया, एरबिललगायत क्षेत्रमा नेपालीहरू धेरै रहेछन्।’
आधा शताब्दीअघि इराकसँग कूटनीतिक सम्बन्ध स्थापित भएयता नेपालसँगको व्यापारिक वा अन्य साइनोलाई कसरी लिनुभएको छ? अहिले इराक–नेपाल व्यापार कस्तो छ?
सन् १९६८ मा इराकसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको हो। अरू व्यापार वा आर्थिक कूटनीतिको स्पष्ट आधार नरहे पनि इराकमा नेपाली कामदार रहेका छन्। कामदारहरू अझै पनि जाने क्रम रहेको छ। सहप्रमाणीकरण मामलामा कुवेतबाट नेपाली नियोगले सम्पर्क राख्दै आएकै छ। इराकका एरबिल, सुलेमानिया र बग्दादमा नेपालीको उल्लेख्य संख्या रहेकाले त्यहाँ राहदानी नवीकरणसहित अरू कूटनीतिक सहजीकरणमा पछिल्ला वर्ष पनि कुवेतस्थित नेपाली नियोगबाट टोली पठाइने गरिएको थियो। योपटक मौका मिलेर मैले बग्दाद पुगेर राष्ट्रपति डा.अब्दुलातिफ जमाल रसिदसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएको हुँ।
इराकमा कति नेपाली रहेछन्?
इराकमा नेपाली कामदारको संख्या आधिकारिक तथ्यांक पाउन मुस्किल छ। बग्दाद क्षेत्रमा दुई हजार जति रहेको जानकारी भयो। सुलेमानिया, एरबिल गरेर १५ हजार जति रहेको अनुमान गर्न सकिन्छ। यसमा महिलाको संख्या पनि रहेको तर संख्या भने यकिन गर्न सकिएन। कतिपय समस्या आइपर्दा बिशेषत गैरआवासीय नेपाली संघका प्रतिनिधिले समन्वयको काम गरेको जानकारी पाएँ।
इराक जाने नेपाली कामदारलाई श्रम अनुमती रोक्का भएको धेरै भइसक्यो। त्यहाँ आवतजावत गर्ने अवस्था र कानूनी अवस्थालाई कसरी बुझ्न सकिन्छ?
इराक नेपाली कामदारका निम्ति प्रतिबन्धित मुलुक हो। त्यहाँ पनि सुलेमानिया, एरबिलतिर बस्नेले तत्काल बग्दाद आइहाल्न नसक्ने अवस्था रहेछ। हाउसमेड पनि निकै रहेको थाहा भयो तर, संख्या भन्न सकिएन। प्रतिबन्ध लगाइएको भए पनि यूएई वा अन्य मुलुक ट्रान्जिट बनाएर गइरहेको थाहा पाएँ। म आफैले पनि बग्दादमा गरेको भेटघाटमा केही नेपालीले तीन महिनाअघि मात्रै आएको सुनाएका थिए। कोही पाँच/छ महिना अघि आएका पनि थिए। इराक जाने क्रम रोकिएको रहेनछ भन्ने थाहा भयो।
कुवेतमा चाहिँ नेपाली श्रमिकको पछिल्लो अवस्था के छ?
कुवेतमा श्रम नगरी आएका पुरुष र २०२४ सेप्टेम्बर अन्त्यसम्म कुवेत प्रवेश गरिसकेका घरेलु कामदारका हकमा वैधानिकिकरण गर्ने व्यवस्था नेपाल सरकारले गरेको थियो। यो खाडी मुलुककै हकमा निर्धारण भएको व्यवस्था हो। यसअनुसार, ओमान र यूएईमा शुरू भइसकेको छ। साधन–स्रोत तथा भवनको अभावमा कुवेतमा भने गर्न सकिएको छैन। ३५ हजार नेपाली छँदा खोलिएको दूतावासमा अहिले पनि त्यही बेलाको स्रोतसाधन छ। जबकि नेपाली यहाँ १ लाख ६० हजार (जुन ३०, २०२५ को कुवेत सरकारको तथ्यांक) पुगिसके। यसमा ६० हजार जति घरेलु कामदार (महिला) छन्। समस्यामा परेका महिलाका निम्ति सरकारी तहमै आश्रयस्थल पनि राखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
