वीरगन्जमा झिलिमिली बत्ती लगाउँदा करेन्ट लागेर १ जनाको मृत्यु

घरको छतमा झिलिमिली बत्ती लगाउने क्रममा तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

वीरगन्जमा झिलिमिली बत्ती लगाउँदा करेन्ट लागेर १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

वीरगन्ज– वीरगन्ज महानगर–१ छपकैयामा घरमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १७ वर्षीय पियुसकुमार साह रहेका छन्।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझ घरको छतमा झिलिमिली बत्ती लगाउने क्रममा तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए। 

साहलाई उपचारका लागि नारायणी अस्पतालमा पुर्‍याइएको थियो। तर, उनको मृत्यु भने बाटोमा नै भएको पर्सा प्रहरीले जनाएको छ। मृतक साहको शवलाई परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ।