जेनजी आन्दोलनपछि अन्तरिम सरकारको स्वास्थ्यमन्त्रीमा मिश्राको नाम पनि चर्चामा आएको थियो। तर अख्तियारले उनीमाथि छानबिन गरिरहेकाले तत्काल उनको नियुक्ति रोकिएको थियो।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता मिश्राविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५०० रुपैयाँ बिगो मागदाबी गरिएको आयोगले जनाएको छ।
जेनजी आन्दोलनपछि अन्तरिम सरकारको स्वास्थ्यमन्त्रीमा मिश्राको नाम पनि चर्चामा आएको थियो। तर अख्तियारले उनीमाथि छानबिन गरिरहेको विषयले तत्काल उनको नियुक्ति रोकियो।
यो पनि: अनि डा. संगीता मिश्राको नियुक्ति रोकियो
अख्तियारले मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेका कम्तीमा तीनवटा उजुरीमा अनुसन्धान गरिरहेको थियो। तीमध्ये स्वास्थ्य सेवा विभागले आव २०८०/०८१ मा खरिद गरेको म्यामोग्राफी मेसिनको खरिद प्रकृयामा अनियमितता गरी भ्रष्टाचार गरेको विषयमा अहिले मिश्रासहित १४ जनाविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
मिश्रासँगै विभागको व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा श्रवणकुमार थापा, आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा सुरेन्द्रप्रसाद चौरसिया, विभागका निर्देशक डा. विवेककुमार लाल, विभागका तत्कालीन प्रमुख लेखा नियन्त्रक भुबनप्रसाद काफ्लेविरुद्ध मुद्दा दायर गरिएको छ।
यस्तै, विभागकै कानुन अधिकृत सिता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक अधिकारी, तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटा, तत्कालीन लेखा अधिकृत शम्भुप्रसाद ढकाल, लेखापाल तीलकराम ढकाल, बायोमेडिकल इन्जिनियर आशिष चौहान, तत्कालीन बायोमेडिकल इन्जिनियर पध्मा मिश्र, विभागको केन्द्रीय स्टोर पथलैयाका जनस्वास्थ्य निरीक्षक संजयकुमार साह र म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्स प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसालविरुद्ध मुद्दा दायर गरेको हो। सबैसँग १४ करोड ६ लाख ८५ हजार ५०० रुपैयाँ बिगो मागदाबी गरिएको अख्तियारले जनाएको छ।
स्वास्थ्य उपकरण खरिद प्रक्रियामा प्रचलित कानूनको प्रतिकूल हुने गरी तथा बदनियत राखी तत्कालीन महानिर्देशक मिश्राले अन्य कर्मचारीसँग मिलेर टेन्डर आह्वान गरेको देखिएको आयोगबाट जारी विज्ञप्तिमा उल्लेख छ।
"खरिदको क्रममा लागत अनुमान तयार गर्दादेखि नै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामाग्री आएको भनी गलत पीडीआई रिपोर्ट, गलत दाखिला प्रतिवेदन, झुट्टा बिल बिजक लगायत तयार गरी-गराई भुक्तानी दिई-लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ," विज्ञप्तिमा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
