खाँदबारी-किमाथांका सडक सञ्चालनसँगै वरुण नदीमाथिको पक्की पुलबाट पनि सवारी आवागमन शुरू भएको छ।
संखुवासभा– कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथांका सडक अवरुद्ध भएको करिब ८० दिनपछि पुनः सञ्चालनमा आएको छ। भोटखोला गाउँपालिका–३ को समटार र अल्फाटे क्षेत्रमा पहिरो खसेका कारण गत भदौ १५ गतेदेखि सडक पूर्ण रूपमा अवरुद्ध थियो।
लामो समयको निरन्तर प्रयासपछि पहिरो पन्छ्याएर सडक सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ। स्थानीयवासी, निर्माण व्यवसायी र आयोजना कार्यालयको संयुक्त प्रयासमा सडक सञ्चालन गर्न सफल भएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए।
“कठिन भूगोल र लगातारको वर्षाले मर्मत कार्यमा ढिलाइ भएको थियो,” उनले भने, “करिब अढाई महिनाको निरन्तर प्रयासपछि सडक सञ्चालनमा ल्याउन सफल भयौँ।”
गुरुङका अनुसार सडकमा ढुंगा ‘सोलिङ’ र ‘ग्राभेलिङ’ कार्य सम्पन्न भइसकेकाले हाल एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ। सडक सञ्चालनसँगै वरुण नदीमाथिको पक्की पुलबाट पनि सवारी आवागमन शुरू भएको छ।
सडक बन्द रहँदा भोटखोला, मकालुलगायत दुर्गम क्षेत्रका बासिन्दा दैनिक उपयोग्य वस्तुको आपूर्ति, औषधि र निर्माण सामग्रीको अभावमा परेका थिए। यसअघि दैनिक आवागमनका साथै स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवामासमेत पहुँच गुमेको स्थानीयले बताएका छन्। सडक खुलेपछि खाँदबारीबाट भोटखोला, हटिया र थोगाङ खोलासम्म सवारीसाधन पुग्न सम्भव हुने आयोजनाले जनाएको छ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले लामो अवरोधपछि सडक सञ्चालनमा आउँदा स्थानीयवासीमा खुशी छाएको बताए। “अढाई महिनाको अवरोधपछि सडक खुलेकामा हामी अत्यन्त खुशी छौँ,” उनले भने, “अब पुनः अवरोध नहोस् भनेर स्थानीयस्तरबाट पनि संरक्षण र मर्मतमा जुट्नेछौँ।”
कोशी राजमार्ग पूर्वी नेपालको प्रमुख व्यापारिक तथा रणनीतिक मार्ग हो, जसले चीनको सीमा किमाथांकासम्म जोड्ने रणनीतिक लक्ष्य लिएको छ। सडक सञ्चालनमा आएपछि दुर्गम क्षेत्रको जनजीवन र आर्थिक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
