आइतबार नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ को बिन्दुमा पुगेको छ।
काठमाडौँ– यो साता कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ को बिन्दुमा पुगेको छ।
यस दिन ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक खरिदबिक्री भयो। यस क्रममा कारोबार रकम दुई अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ रुपैयाँमा सीमित रह्यो।
यस दिन विकास बैंक ०.२१, म्युचुअल फन्ड ०.१३ र निर्जीवन बीमा ०.३४ समूहको उपसूचक घटेको छ भने अन्य सबै समूह बढेका छन्।
बैंकिङ ०.८७, वित्त ०.५१, होटल तथा पर्यटन ०.७२, जलविद्युत् ०.७०, लगानी ०.७५, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, लघुवित्त ०.४७, व्यापार ०.९० र अन्य समूहको उपसूचक १.१६ प्रतिशतले बढेको छ।
यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। यस्तै, सबैभन्दा बढी हिमालयन ८०-२० म्युचुअल फन्डको शेयर मूल्य ६.१० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सको २८ करोड १० लाख ९४ हजार ३६५ रुपैयाँको कारोबार भयो। कारोबार भएका शेयर संख्याका आधारमा भने युनियन हाइड्रोपावरको तीन लाख ४४ हजार ६९८ कित्ता खरिदबिक्री भयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
