नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुले हवाई टिकटमा छुट पाउने व्यवस्था गरेको छ।
काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक हवाई सेवामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुहरूलाई हवाई टिकटमा छुट दिने निर्णय गरेको छ। यो निर्णयले ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई आन्तरिक हवाई यात्रामा ठूलो राहत दिने अपेक्षा गरिएको छ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिको बैठकबाट ज्येष्ठ नागरिक र फरक क्षमताका लागि हवाई यात्रामा छुट दिने सहमति गरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार, ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा अधिकतम भाडादरमा ५० प्रतिशत र ८० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई ८० प्रतिशत शुल्क छुट प्रदान गरिनेछ।
त्यस्तै, जुनसुकै उमेर समूहका फरक क्षमता भएका यात्रुलाई पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित गर्नुपर्ने सहमति भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आइतबारदेखि नै यो व्यवस्था कार्यान्वयन गर्न सम्पूर्ण वायुसेवा कम्पनीलाई निर्देशनसमेत दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
