माछा मार्ने क्रममा करेन्ट लागेर झापाका एक जनाको मृत्यु

झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।

झापा– कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कचनकवलका ४९ वर्षीय लोकबहादुर गाइने रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार, आइतबार दिउँसो अमलखुट्टा खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा गाइनेलाई आफैँले प्रवाह गरेको करेन्ट लागेर मृत्यु भएको थियो।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ।